Logo

१५ खर्बको बजेट ल्याउने तयारी, गृहकार्य तीव्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २५ चैत्र ।
अर्थमन्त्रालयले आर्थिक वर्ष २०७६र७७ का बजेट तयारीको काम तीव्र रुपमा अगिाडि बढाएको छ। संवैधानिक व्यवस्थाअनुसार सरकारल आगामी जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।

वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट समीक्षासहित अहिले अर्थ मन्त्रालय आव २०७६ र ७७ को बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको आजको राजधानी दैनिकमा समाचार छापिएको छ। यसका लागि अर्थ मन्त्रालयले विज्ञहरुबाट आवश्यक सुझावसमेत माग गरेको छ।

सरकारले आगामी आवका लागि लउने बजेट राष्ट्रिय योजना आयोको १५औं पञ्चवर्षीय योजनाको आधारपत्रमा आधारित हुनेछ।

प्रतिक्रिया दिनुहोस्