Logo
Logo

राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिम प्रदेशका सांसदको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेश सभा सदस्यले उपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विश्वासको मत दिने निर्णय गरेपछि सांसद पदबाट राजीनामा दिएका रावललाई फिर्ता लिन प्रदेश सभा सदस्यहरुले आग्रह गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी लगायत १३ प्रदेश सभा सदस्यले मंगलबार रावलको निवास पुगेर फिर्ता लिन आग्रह गरेका थिए ।

वरिष्ठ नेता नेपाल समूहमै रहेता पनि अन्तिम अवस्थामा रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा सदस्यहरुले राजीनामा फिर्ता लिन आग्रह गरेतापनि रावलले कुनै जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्