Logo
Logo

माओवादीले आज थप मन्त्रीको नाम टुङ्गो लगाउँदै


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ते बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ । सरकारका हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री छन् ।

माओवादीबाट अब सरकारमा नयाँ अनु्हार पठाउनुपर्ने छलफल चलिरहेको छ । बारम्बार एकै व्यक्तिले मात्र अवसर पाउँदै आएको भन्दै विरोध भएपछि नेतृत्वले नयाँ अनुहारबारे छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्