Logo
Logo

एमालेले २२ सांसदलाई सोध्यो स्पष्टीकरण


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।

देउवालाई विश्वासको मत दिनेमा नेता माधव नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, नीरादेवी जैरु, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

त्यसैगरी ओली पक्षबाट गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीले देउवालाई मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्