Logo
Logo

कोरोनाबाट थप ३० जनाको मृत्यु, २ हजार ८३८ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप दुई हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा एक हजार ९१८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ सय २० ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कूल ८ हजार ७ सय १५ पीसीआर र तीन हजार ९० १ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २१ हजार ६१७ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ६३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ।।

प्रतिक्रिया दिनुहोस्