Logo
Logo

वीपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि भएको बताएका छन् । m

३९ औं वीपी स्मृति दिवसका अवसरमा बुधबार प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् वीपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि वीपीसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै वीपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्