‘पिभी’ ब्यूँताउँदै माधव समूह « Drishti News – Nepalese News Portal
Logo

‘पिभी’ ब्यूँताउँदै माधव समूह


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागिएको हो ।

पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए ।

त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्