Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । उनीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेकको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।

यसअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेतासँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्