Logo
Logo

साझा कार्यक्रम तय गर्न माओवादीको सत्तारुढ गठबन्धनलाई आह्वान


दृष्टि संवाददाता


काठमाडाैं । सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको हो ।

आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीले प्रतिगमनविरुद्धको संघर्षलाई सफल बनाएको भन्दै अब पार्टी गतिविधिलाई तिव्रता दिने निर्णय गरेको छ । जसअनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि बस्ने गरि आह्वान गरेको छ ।

बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति रोक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने श्रेष्ठकाे दावी थियाे ।

प्रतिक्रिया दिनुहोस्