Logo
Logo

अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिएका छन् ।

क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालाई पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको सिंहले बताए ।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएकाे बताए ।

नेपाली कांग्रेस केही दलालहरुको पार्टी नभएको भन्दै उनले भने, ‘यो बीपीले बनाएको पार्टी हो । यहाँ हिमाल, पहाड, तराई सबैतिरका कार्यकर्ताले सुरक्षित महशूस गर्न पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्