Logo
Logo

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता


दृष्टि संवाददाता


काठमाडाैं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटारमा पुगेर भेटवार्ता भएकाे प्रचण्डले पार्टी स्थायी कमिटीकाे बैठकमा जानकारी गराए ।

उनले भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्