Logo
Logo

जनमत संग्रह गर्नु हुँदैन भन्नेहरू लुटेरा हुन् : विप्लव


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका हुन् । उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे ।

नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाउँदै विप्लवले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गरे । पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उहाले बताए । उनले कम्युनिष्टले भन्दै आएको पूजिँवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए ।

विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्