Logo
Logo

डीएसपी खतिवडा असार महिनाकाे उत्कृष्ट प्रहरी घाेषित


दृष्टि संवाददाता


काठमाडाैं । प्रहरी नायव उपरीक्षक हरि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयले असार महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरी सम्मान प्रदान गरेको छ ।

फरार अपराधी पक्राउ गर्ने मिसन अन्तर्गत डीएसपी खतिवडाले विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीलाई असार महिनामा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएबापत सम्मान प्रदान गरिएको हाे ।

खतिवडाबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न खतिवडालाई पुलिस अफ दी मन्थ घोषणा गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्