नेपालगन्ज । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडे खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् ।
उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए । प्रहरीले आवश्यक प्रक्रिया पुर्याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।