Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : २८ सयमा काेराेना पुष्टिदेखि २२ एमाले सांसदलाई स्पष्टीकरणसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुग्यो, थप १ हजार ४७५ जना संक्रमणमुक्त, हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगे, थप ३० जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगे, जोनसोन एन जोनसोनको खोप १८ वर्षमाथि उमेर समूहले पनि लगाउन पाउने ।

२. कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने , एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने , खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने , लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने, जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने ।

३. नेकपा एमालेद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदसँग स्पष्टिकरण माग, पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका बिषयमा २४ घण्टामा लिखित जवाफ दिन पत्रमा उल्लेख, केन्द्रीय कमिटीद्वारा विभिन्न चार प्रस्ताव पारित ।

४. नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्षका स्थायी कमिटी सदस्यहरुद्वारा नेताहरुविरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष, कानूनी उपचारका बाटोमा समेत जान सकिने भन्दै एकता प्रक्रिया अघि बढाउन सुझाव ।

५. सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान, आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन, मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने ।

६. प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता, घिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल, सरकारसँगको सहमतिपछि पनि आफ्ना नेता कार्यकर्ता जेलमै रहेको भन्दै विप्लवले असन्तुष्टि, छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिक्रिया ।

७. नेपाली कांग्रेसबाट निर्वाचित सांसद् अमरेशकुमार सिंहले राजीनामा, पार्टीभित्रको विवादलाई लिएर सिंहद्वारा बुधबार सांसद पदबाट राजीनामा, पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति सांसद सिंहको असन्तुष्टि, क्रियाशील सदस्यमा पनि जनाए विमति ।

. अर्थतन्त्रलाई चलायमान बनाउन कोरोना नियन्त्रण प्रमुख सर्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ,सरकारले राहत सहितको आर्थिक पुनरुत्थान कार्यक्रम ल्याउने अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता, पहिलो साता ल्याउन टुङ्गो लागि सकेको मौद्रिक नीति बजेट प्रतिस्थापन अध्यादेशका कारण पर धकिलियो, शैक्षिक संस्था खुलेकै दिन लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निर्णय, बुधबार सुन र चाँदी दुबैको भाउ घट्यो ।

९. त्रिकोणात्मक सिरिजका लागि नेपालले अगष्टको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने, आइसीसीको टी–२० बरियतामा कुशल झर्दा पारस र ज्ञानेन्द्रको सुधार, ओलम्पिकको उद्घाटनमा हरेक देशका ६ अफिसियलले मात्र मार्चपासमा जान पाउने, नेपाली पदाधिकारी अन्योलमा, एनआरटी र सातदोबाटोले एकेडेमी संचालन गर्ने, भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक मेमोल रकीद्वारा राजीनामा ।

१०.र, मंगलबार हत्या प्रयास गरिएका मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता सकुशल रहेको पुष्टि, हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै गोइताले आफू सकुशल रहेको दिए जानकारी, भारतमा थप ४२ हजार संक्रमित, ४८९ संक्रमितको मृत्यु, भारतमा कालो ढुसीबाट मृत्यु हुनेको संख्या ४३ सयभन्दा धेरै, क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबिच नयाँ प्रधानमन्त्री नियुक्त, नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका सय जना अपहरणमुक्त ।

प्रतिक्रिया दिनुहोस्