चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो « Drishti News – Nepalese News Portal
Logo

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक पाँच सय २० रुपैयाँ बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक ११ हजार पाँच सय ६१ रुपैयाँबाट बढाएर १२ हजार ८१ रुपैयाँ तोकेको हो ।

श्रम ऐन २०७४ को दफा एक सय ६ बमोजिम चिया बगानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ मासिक पारिश्रमिक साउन १ गतेबाट लागू भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्