Logo
Logo

माधव समूह युवा संघद्धारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघ नेपालले शिव श्रेष्ठको संयोजकत्वमा ‘पिपुल्स भोलेन्टियर’ नामक युवा दस्ता घोषणा गरेको छ ।

सुर्य विनायक भक्तपुरस्थित थापा पार्टी प्यालेसमा आज भएको युवा संघको भेलाबाट श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएकाे हो । श्रेष्ठ युवा संघ नेपालको सचिवालय सदस्य हुन् ।

पिपुल्स भोलेन्टियरको सचिवमा मनोज खत्री चयन भएका छन् । युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई इञ्चार्ज तोकिएको संघकाे उपाध्यक्ष नितेश पौडेलले बताए । भेलालाई एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्दै पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँँताएपछि वरिष्ठ नेता नेपाल निकट युवा संघले पनि पिपुल्स भोलेन्टियर घोषणा गरेको हो ।

प्रवक्ता राईका अनुसार भेलामा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधि सहभागि थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आजै ४३औं स्मृति दिवस पनि रहेकाले सोही सन्दर्भमा युवाको बृहत भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्