Logo
Logo

२ हजार ७ सय १४ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा बिहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा यतिका संख्यामा संक्रमित थपिएका हुन् ।

जम्मा १२ हजार ८ सय २९ जनामा परीक्षण गरिएको थियो । जसमा ३ हजार ७ सय ७ जनामा एन्टीजेन परिक्षण गरिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १२ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्