Logo
Logo
एमालेको केन्द्रीय कमिटी बैठक

पार्टीविरुद्ध लागेका सबैलाई आममाफी दिइने


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै सुम्पिएको छ ।

विपक्षी गठबन्धनलाई सहयोग गर्ने र पार्टीलाई आघात पुर्‍याउनेलाई आममाफी दिएर भएपनि एकताको लागि प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको हो ।

विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्