Logo
Logo
ओलीलाई नेपालको स्पष्टीकरण

‘विश्वासकाे मत सर्वाेच्चकाे फैसला अनुसार’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफूसहित एमालेका सांसदको कार्यलाई सर्वोच्च अदालतको फैसला तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको भन्दै स्पष्टीकरण दिएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी सर्वोच्च अदालतले प्रतिषेधको आदेश जारी गरेको पनि नेता नेपालले पत्रमार्फत् स्मरण गराएका छन् ।

नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानअनुसार अध्यक्ष पार्टी महाधिवेशनप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नगरी नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित पार्टी नीति तथा कार्यदिशा र विधानको गम्भीर उलंघन भएको समेत उनले स्पष्टीकरण पत्रमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्