जसपाका नेतालाई निर्वाचन आयोगले सनाखतका लागि बोलायो « Drishti News – Nepalese News Portal
Logo

जसपाका नेतालाई निर्वाचन आयोगले सनाखतका लागि बोलायो


दृष्टि संवाददाता


काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का बुझाएको कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।

आयोगमा बिहीबार बसेको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दलकाे आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थीत हुन भनिएको छ। दल एकता हुँदा बुझाइएको कार्यकारीणी सदस्यहलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।

उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

प्रतिक्रिया दिनुहोस्