Logo
Logo

ओली र नेपालबीच भेटवार्ताकाे तयारी, समय र स्थान टुंगिन बाँकी


दृष्टि संवाददाता


दृष्टि फाइल

काठमाडाैँं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । एमाले दोस्रो तहका नेताहरु पार्टी एकताको तयारी गरिरहँदा ओली र नेपालबीच भेटवार्ताको तयारी गरिएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दृष्टि न्यूजलाई दिएको जानकारी अनुसार दुई नेताबीच सम्भवतः आजै भेटघाटको सम्भावना छ । तर, अहिलेसम्म समय र स्थान भने टुंगो नभएको उनले बताए ।

तर, नेता नेपालको सचिवालयले भने यस विषयमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।

यस्तै, नेपाल पक्षका २२ सांसदले समेत पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ओलीकै कारण फ्लोर क्रस गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्