Logo
Logo

चीनबाट आइपुग्यो थप आठ लाख डोज खोप


दृष्टि संवाददाता


काठमाडाैं । चीनबाट कोभिड–१९ विरुद्धकोे थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउँसो काठमाडौं ल्याइएको हो । 

चीनसँग खरिद गरेको खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमानले ८ लाख मात्रा खोप ल्याएको थियो ।  खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने कार्यतालिका छ ।

नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने छ । अब साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने छ । चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्