Logo
Logo

कांग्रेस पदाधिकारी बैठक बाेलाइयाे


दृष्टि संवाददाता


काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक भोलि बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा तय गरिएको हो ।

पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूको सुझावबमोजिम बैठक निजी निवासमा बोलाइएको हाे ।

बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन , निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै क्रियाशील सदस्यताका विषयमा समेत छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्