Logo
Logo

करारका स्वास्थ्यकर्मीको ३ महिना म्याद थप


दृष्टि संवाददाता


काठमाडाैं । गण्डकी प्रदेश सरकारले कोभिड १९ लाई लक्षित गर्दै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद सकिएपछि पुनः तीन महिनाको लागि थप गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयले पहिलो चरणमा तीन महिनाको लागि म्याद थप गरिएको सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिए ।

पोखराको लेखनाथस्थित सरुवा तथा संक्रामण रोग अस्पताल, मितेरी शिशु अस्पताल, एघारवटै जिल्लाका जिल्ला अस्पतालहरुमा प्रदेश सरकारले गत आर्थिक वर्षमा करारमा स्वास्थ्यकर्मी नियुक्त गरेको थियो ।

करारका स्वास्थ्यकर्मीलाई म्याद थप नगर्ने तयारी गरेको सरकारले उनीहरुको लागि बजेटसमेत छुट्याएको थिएन । उनीहरुको म्याद असार मसान्तमा सकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

संघीय सरकारले कर्मचारी नपठाउँदा र प्रदेश सरकारले आफैं कर्मचारी भर्ना गर्ने बाटो नखुलेका कारण कर्मचारी अभाव रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्