Logo
Logo

एसएसपी राणा डीआईजीपीका लागि सिफारिस


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा प्रहरी नायब महानिरीक्षकका लागि सिफारिस भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत राणा बढुवाका लागि सिफारिस भएका हुन् ।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम चारको प्रावधानअनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजीपी० निरजबहादुर शाहीले जानकारी दिए ।

राणा प्रहरी महानिरिक्षक (आईजीपी) शैलेश थापाका ब्याची हुन् । सहकुलबहादुर थापा एआईजीपीमा बढुवा भएपछि रिक्त रहेको एक पदका लागि एसएसपी श्यामलाल ज्ञवालीको ब्याजका प्रहरी अधिकारी पनि बढुवाको कसरतमा लागेका थिए ।

तर, आईजीपी थापाका ब्याजी राणालाई अन्तिममा भए पनि बढुवा गरेर आईजीपी थापाले उनीमाथी न्याय गरेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्