Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमालेमा आरोप प्रत्यारोपदेखि थप ८ लाख खोप भित्रिएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ८ सय २९ परीक्षणमा २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि, हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७२६ पुग्यो, थप १ हजार २ सय ८८ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुग्यो, थप २४ जनाको मृत्यु, संक्रमितको संख्या बढेको भन्दै स्वास्थ्य मन्त्रालयले दियो तेस्रो लहर आउनसक्ने चेतावनी ।

२. नेकपा एमालेको केन्द्रीय कमिटी बैठकद्वारा पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भएपनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी, पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष, अध्यक्षका कारण नै फ्लोर क्रस गरेको भन्दै २२ सांसदले दिए स्पष्टीकरण ।

३. पार्टीभित्रै अपमान सहेर बस्न नसकिने नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, पार्टीभित्र दुई अध्यक्षको प्रस्ताव एकताको पक्षमा नभएको नेपालको तर्क, अलमलाउन खोजेको आरोप, एकता विरोधी कुनै पनि गतिविधि नगर्न समेत नेपालको ओलीलाई सुझाव, नेतृत्व सुध्रिनुपर्नेमा जोड ।

४. जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई बोलायो, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको इजलासद्वारा जसपा विवाद टुंग्याउन कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि साउन ११ गते बिहान ११ बजे आयोगमा बोलाउने निर्णय, पार्टी एकीकरण बेला जसपाको ५१ जनाको कार्यकारिणी समिति रहेको कागजात आयोगमा बुझाइएको उपेन्द्र यादव सचिवालयको भनाइ ।

५. चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको भेरोसेल खोप थप आठ लाख मात्रा बिहीबार काठमाडौँ आइपुग्यो, खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने , नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने, साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने ।

६. राज्य व्यवस्थापन तथा सुशासन समितिले दियो विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारले आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन, विपद्को पूर्वानुमान, पूर्वतयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन मन्त्रालयलार्ई निर्देशन, मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपदग्रस्त क्षेत्रहरुलाई विपद् व्यवस्थापनको नमूना क्षेत्रको रुपमा विकास गर्न पनि निर्देशन ।

७. एसियाली विकास बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने, एडीबीले दिने उक्त रकमले १५.९ मिलियन डोज खोप खरिद गर्न पुग्ने र ६८ लाख नागरिकलाई फाइदा पुग्ने, खोप चाँडै खरिद गरी चाँडोभन्दा चाँडो खोप लगाउन समेत एडीबीको नेपाल सरकारलाई आग्रह, र्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको एडीबीको भनाइ ।

८. करिब डेढ महिनापछि सेयर बजार तीन हजार बिन्दु माथि, अधिकांस उपसमूह रातो हुँदा पनि हरियो भयो बजार, १८ अर्बको सामान नेपाल भित्रिँदा निर्यात भने शून्य, नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, आतंकित नहुन राष्ट्र बैंकको सुझाव, अर्थमन्त्री शर्मासँग पुग्यो व्यापार संघको टोली, स्प्रेड दरलाई साढे ३ प्रतिशत बनाउन माग ।

९. कोभिडको असर, स्थानीयको विरोध, ओलम्पिक भिलेजमा कोरोना देखिएपछि टोकियो ओलम्पिकको औपचारिक सुरुवात शुक्रबारबाट सुरु हुँदै, नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने, बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्दी इरिना, केल्मी र प्रहरी खेलकुद समितिबीच सम्झौता नविकरण ।

१०.र, बेलायतका स्वास्थ्यकर्मीको तलब बृद्धि, चीनको हेनानमा बाढी, मृतक संख्या २५ पुग्यो, भारतमा थप ४१ हजार संक्रमित, ५१० संक्रमितको मृत्यु, लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जाँदै, विश्वमा नै कोरोना संक्रमणको दर पनि बढ्दो ।

प्रतिक्रिया दिनुहोस्