Logo
Logo

लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएकाे छ । शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएको कार्यालयले जानकारी दिएको हो ।

गत चार गते बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो ।

‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्