Logo
Logo

सुजिता मृत्यु प्रकरण : काठमाडौंबाट दाजु पर्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् ।

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सुजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

गत असार ११ गते ‘साथीकोमा जान्छु’ भनेर निस्किएकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । असार २० गते उनी नजिकैको सामूदायिक वनमा मृत फेला परेकी थिइन् ।

डिसएपी इन्द्रबहादुर रानाका अनुसार झापाको झापा गाउँपालिका– ६ शरणमति घर भएका २३ वर्षीइ सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको थियो । सोही विषयमा उनीहरुबीच विवाद भएको थियो ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्