Logo
Logo

ओली अझै सुध्रिएनन् : नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अझै नसुध्रिएको बताएका छन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आज आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो आरोप लगाएका छन् ।

फाइल फाेटाे

‘आज सुध्रिन्छन, भोली सुध्रिन्छ भन्ने प्रतिक्षा गरेको त यिनी कहिलै नसुध्रिने भए । संविधान, लोकतन्त्रको रक्षा गर्ने हामीलाई आममाफी दिए रे ! मैले स्पष्टीकरण सोध्न गल्ती भयो, सोध्नुहुदैन्थ्यो भनदिएको भए के हाईट घटथ्यो ?’ नेपालले भने ।

ओलीलाई महाराजधिराजको संज्ञा दिदै नेता नेपालले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’

पार्टी एकतामा असर नपुगोस भनेर आफूले हिजोको २ वटा कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई बाँदर बनेर नहिँडन निर्देशन दिएको बताए ।

आफ्नो निवास कोटेश्वरमा प्रन्ध बीस जना तर्साउन खोजेको बताउँदै उनले यस्ता बाँदरहरुबाट नतर्सिने बताए । कस्ता कस्ता चुनौतीहरुको सामना गर्दै अघि बढेको बताउँदै उनले यस्ता प्रवृति त्याग गर्न सुझाव दिए ।

अघिल्लो वर्ष यही विषयको कार्यक्रमा बोल्ने क्रममा पार्टीमा संकट आएको आफूले उल्लेख गरेको बताउँदै उनले गत वर्षदेखि नै ओलीले पार्टीको विधी पद्धतिलाई उल्लंघन गर्दै आफ्नै तरिकाले अगाडि बढदै गएको बताए ।

यसअघि पनि कम्युनिष्ट पार्टीमा विवाद तथा समस्याहरु आएको र थुप्रै छलफल भएको उनले बताए । सिद्धान्तको बारेमा छलफल गरेको बताउँदै उनले नेपाली कम्युनिष्ट आन्दोलनको उकाली ओराली पार गर्दै आफू अगाडी बढेको बताए ।

नेता नेपालले गफले मात्रै कम्युनिष्ट आन्दोलन अघि नबढ्ने र बन्दुकले पनि कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने उल्लेख गरे । उनले समाजवादबाट भागेर जंगलमा गएर मात्र पनि कम्युनिष्ट आन्दोलनको रक्षा नहुने उल्लेख गरे ।

उनले आफूपनि पुष्पलालको विचारधाराबाट राजनीतिमा आएको उल्लेख गर्दै आफू बदलिए मात्रै समाजलाई बदल्न सक्ने उल्लेख गरे । बिश्वमा कम्युनिष्ट शासन समाप्त हुदै गर्दा नेपालमा कम्युनिष्ट प्रति जनताको ठुलो आशाभरोसा रहेकाले त्यसलाई जोगाई राख्न आजको चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्