Logo
Logo

आन्तरिक प्रतिस्पर्धाबाट पनि नेपाल प्रहरीमा डिएसपी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , २६ चैत्र ।

नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलो पटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ।

गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएका छ।

मन्त्रिपरिषदमा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ। करिब आठ महिनापछि कानुन तथा संसदीय मन्त्राालयले ऐनको मस्यौदामा राय दिएको हो। यससँगै मस्यौदालाई अघि बढाउने लागिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्