Logo
Logo

संसदमा प्रधानमन्त्रीले सोधे- खोइ केपी ओली ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विपक्षी दलका प्रमुख नेता खोजेका छन् । शुक्रबार प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली खोजेका हुन् ।

यसअघि विश्वासको मत लिँदा पनि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता खोजेका थिए । सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने, ‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न । उपनेता तथा पूर्व सभामुखले पनि नयाँ संस्कृतिबारे बोलेपनि मेरो कुरा नसुनी हिँडिदिनुभयो ।’

प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिने सांसदलाई धन्यावद दिँदै भने, ‘राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।’

प्रतिक्रिया दिनुहोस्