Logo
Logo

निर्वाचन आयोगकाे निर्णयविरूद्ध महन्थ ठाकुर सर्वोच्चमा

‘हेड काउन्ट’ रोक्न माग


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगकाे निर्णयविरूद्ध सर्वाेच्च अदालत पुगेका छन् ।

आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने आयोगको निर्णय रोक्न ठाकुर अदालत पुगेका हुन् ।

शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा जसपा नेपालको हेरफेरसहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने जनाएकाे छ ।

साथै अन्तिम किनारा नलागेसम्म आयोगकाे निर्णय कार्यन्वयन नगराउन अन्तरिम आदेश समेत मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्