Logo
Logo

उपेन्द्र सत्ताको खेलमा, नेता कार्यकर्ता जेलमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव एकातर्फ सत्ता र मन्त्रालयको खेलमा व्यस्त छन भने अर्को तर्फ मधेस आन्दोलनताका मुद्दामा उनका नेता कार्यकर्ता जेलमा जान थालेका छन् ।

मधेसका विभिन्न मागहरु पूरा गराउन, नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता गर्न सहमतीका सांथ प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पार्टी फोडेरै समर्थन गर्दा समेत सरकार बनेको एक साता नहुदै केन्द्र देखि जिल्ला तहका नेता जेल जान थालेका हुन् ।

बिहिवार मात्रै तेश्रो मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाईएको एक मुद्धामा संबिधानसभा सदस्य तथा जसपाका केन्द्रीय सदस्य बारा निवासी प्रमोद गुप्ता र जसपा जिल्ला प्रवक्ता अरुण कुमार सिंह बारा जिल्ला अदालतद्वारा वीरगंज कारागार पठाईएका छ्न् ।

आन्दोलनताका गाडिमा आगजनिको मुद्दामा संबिधानसभा सदस्य गुप्ता र नेता सिंहमाथी ६ महिना कैद र करिब १०/१० लाख रूपैयाँ बिगो असुल उपर गर्ने निर्णय गरेको हो ।

आन्दोलनको मुद्दा फिर्ता गराउनुपर्नुको साटो उपेन्द्र पटक–पटक मन्त्री बनिसकेका छ्न भने वर्तमान सरकारमा पनि मुद्दा र अधिकारको कुरा पैतालामा राखी सत्ताको आसनमा बस्न लालायित छ्न् ।

मन्त्री बन्नैका लागि उनी कहिले बालुवाटार धाइरहेका छन् भने कैले बुढानिल्कण्ठ, कोटेश्वर त कहिले खुमलटार ।

प्रतिक्रिया दिनुहोस्