Logo
Logo

ऋण लिएर भएपनि जनतालाई खोप उपलब्ध गराउने प्रधानमन्त्रीकाे प्रतिवद्धता


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई ऋण खोजेर भएपनि खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले खोप पहिलो प्राथमिकतामा रहेको भन्दै ऋण लिएर भए पनि जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

उनले आफूलाई सहयोग गर्ने सबै सांसदहरुलाई धन्यवाद व्यक्त गर्दै सबै मिलेर काम गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन कुनै पनि पार्टीलाई अनुरोध गरेको तर ह्वीप नलगाएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्