Logo
Logo

जोन्सन खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु


दृष्टि संवाददाता


धादिङ। धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको हो ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्