Logo
Logo

दृष्टिका १० हेडलाइन्स्: झण्डै तीन हजारमा कोरोना पुष्टिदेखि संसदमा सांसदबीच घोचपेचसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ३०८ परीक्षणमा २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप १ हजार ६७८ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुग्यो, थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुग्यो, शुक्रबार थप ८ लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुग्यो ।

२. जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालतमा, ठाकुरद्वारा वारेसमार्फत सर्वोच्च अदालतमा निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर शुक्रबार रिट निवेदन पेस, निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउँदा आफूलगायतलाई अपूरणीय क्षति पुग्ने भन्दै रोक लगाउन आदेश माग ।

३. पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा एमाले अध्यक्ष केपी ओलीलाई राजाको संज्ञा, २२ सांसदलाई ‘आममाफी दिएको’ भनी गरेको घोषणाप्रति पनि नेता नेपालको आपत्ति, एकतामा असर गर्ला भनेर आफूले सम्हालिएर अभिव्यक्ति दिँदा पनि अर्को पक्षबाट त्यस्तै व्यवहार नभएको भनाइ, संसद जोगाउन मद्दत गर्ने २२ सांसदलाई दिए धन्यवाद ।

४. प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच घोचपेच, प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाट प्रधानमन्त्री भएको स्वीकार्न सुझाव, जनादेश मिच्नेले जनादेशको कुरा गर्न नमिल्ने भन्दै माओवादीले फर्कायो जवाफ, संविधानको धारा ७६ को उपधारा ५ को सन्दर्भमा देउवाले उल्टै सोधे नेम्बाङलाई प्रश्न ।

५. सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो, माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ, कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीका रुपमा शपथ ।

६. सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने, मन्त्रिपरिषदद्वारा साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध, अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई प्रशासनको आग्रह ।

. वागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने झन्झटको अन्त्य, सरकारले अनलाइन प्रणाली सुरु गरेपछि सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण) डिजिटल माध्यमबाट गर्न पाइने , देश मातहत रहेका यातायात व्यवस्था सेवा कार्यालय भक्तपुर, सानो भ¥याङ, हेटौंडा, भरतपुरसँगै साना ठूला सवारी ललितपुर र मोटरसाइकल काठमाडौंमा यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था ।

. बजेट अध्यादेश पारित नभएसम्म अर्थ मन्त्रालयले काम गर्न नसक्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, पूँजी बजारका लगानीकर्ताद्वारा अर्थमन्त्री शर्मालाई सात बुँदे सुझाव, एक हाइड्रोपावर कम्पनी र दुई लघुवित्त वित्तीय संस्था आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा, नेपालको निर्यात २० वर्षयताकै उच्च, व्यापार घाटा भने २७ प्रतिशत वृद्धि, एशियन लाइफ इन्स्योरेन्सले लाभांशबिनै साधारण सभा बोलायो, शेयर संरचना परिमार्जन गर्ने ।

९. ३२ औं ग्रीस्मकालिन ओलम्पिक आजबाट जापानको टोकियोमा सुरु, उद्घाटन समारोहमा नेपालका पौडी खेलाडी गौरिका र एलेक्जेन्डरले बोके नेपालको झण्डा, दोस्रो पटक सहभागिता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदै, महिला टिमसँग प्रशिक्षक अलमुताइरीको अन्तरक्रिया ।

०.र, सिड्नीमा २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु, स्वास्थ्य संकटकाल घोषणा, भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता, कर छलिको आरोपमा भारतका दुई ठूला सञ्चारगृहमा सरकारको छापा, इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु, द्वन्द्वमा विस्थापित ८ हजार अफगान नागरिकलाई अमेरिकाले भिसा दिने ।

प्रतिक्रिया दिनुहोस्