Logo
Logo

विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्दको घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २६ चैत्र ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव विप्लवले सोमवार साँझ विज्ञिप्त जारी गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनविरुद्ध बन्दको घोषणासहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौं ।बिज्ञेप्तीमा भनिएको छ ।

कार्यक्रम
१. चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२. वैशाख २ गते — कोण सभा ।
३. वैशाख ३ गते — अन्तरक्रिया ।
४. वैशाख ४ गते — मशाल जुलुस ।
५. वैशाख ५ गते — नेपाल बन्द ।
६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने ।

प्रतिक्रिया दिनुहोस्