Logo
Logo

युथ फोर्सले माधव नेपाललाई पनि बाँकी राख्दैन : महेश बस्नेत


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका ईञ्चार्ज महेश बस्नेताले युथ फोर्फले माधव नेपालहरुलाई बाँकी नराख्ने चेतावनी दिएका छन् ।

युवा संघले गठन गरेको युथ फोर्सको ‘भ्याली कमिटी’ घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता बस्नेतले पार्टीको हित विपरित यसरी नै गतिविधि गर्दै जाने हो भने युथ फोर्सले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बाँकी नराख्ने बताएका हुन् । उनले भने- ‘पार्टीको हित विपरित विपक्षीसँग मिलेर गतिविधि गर्ने माधवकुमार नेपाल मात्र होइन माधव प्रवृत्तिविरुद्ध युथ फोर्सले अभियान चलाउने छ ।’

नेता बस्नेतले अब महिला युथ फोर्स, मधेसी युथ फोर्ससमेत गठन गर्ने उद्दघोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्