Logo
Logo

कोरोना खोपलाई प्रथामिकतामा राख्न प्रधानमन्त्रीलाई सत्तारुढ गठबन्धनको सुझाव


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब एक घण्टा चलेको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

बैठकमा मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिइसके पनि अझै मन्त्रिपरिषद विस्तार हुनसकेको छैन ।

बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष केसीले भने, ‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो ।’

बैठकमा नेताहरुले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद पर्ने प्रधानमन्त्री देउवलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्