Logo
Logo

युथ फोर्सले गरेको फोहोर डा. केसीको समूहले उठायो


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट ‘युथ फोर्स’ले शक्ति प्रदर्शन गर्यो । माइतीघरबाट सुरु भएको युथ फोर्सको शक्ति प्रदर्शनमा सयौँ कार्यकर्ताको सहभागी भए ।

युथ फोर्सको प्रदर्शन भने बबरमहलको कार्की ब्यांक्वैटमा गएर सभामा परिणत भयो । कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित थिए । उनको ठाउँमा पार्टी महासचिव ईश्वर पोखरल प्रमुख अतिथि बनेका थिए ।

राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई पोखरेले समाजमा रचनात्मक काम गर्ने बताए । यस्तै युवा संघको इन्चार्ज समेत रहेका पूर्वमन्त्री महेश बस्नेतले पनि युथ फोर्सले सामाजिक काम गर्ने बताए ।

तर, त्यसअघि र्‍यालीमा सहभागी कार्यकर्ताहरुले औँधी फोहोर गरे । पानी बोतल पिएर सडकमै फाल्दिए । कसैले पराग खाए, कसैले फ्रुटी । त्यसको खोल भने सडकमै मिल्काए । झण्डा तथा झण्डामा प्रयोग हुने लट्ठी पनि सकडमै फ्याके । युथ फोर्सका कसैले पनि उक्त फोहोर सही ठाउँमा व्यवस्थापन गरेनन् । उक्त फोहोर फोहोर डाक्टर गोविन्द केसी नेतृत्वको समूहले उठाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको स्वास्थ्यकर्मीको आन्दोलनको समर्थन गर्न माइतीघर मण्डलामा डा केसीको समूह पुगेका थिए । सडकमा पानीको बोतल, पान पराग र फ्रुटीका खोल। झण्डा, टोपी लगायतका फोहोर देखेपछि डा केसीको समूहले सरसफाइ गरेको हो ।

डा केसी नेतृत्वको समूहले तीन बोरा फोहोर संकलन गर्दै नगरपालिकाको गाडीमा पठाउनका लागि नजिकै रहेको पसललाई जिम्मा लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्