Logo
Logo

विश्वमा सवभन्दा वढी रेमिटेन्स ल्याउने देश—पहिलो भारत, दोश्रो चीन


- दृष्टि न्युज/संवाददाता



विश्वमा सवभन्दा वढी रेमिटेन्स ल्याउने देशमा भारत पहिलो र चीन दोश्रो भएको विश्व वैंंकले जनाएकोछ । विश्व वैंकले अप्रिल ८ सोमवारका दिन जारी गरेको एक रिपोर्टमा सो कुरा जनाइएकोछ ।

सो रिपोर्टका अनुसार सन् २०१९ मा भारतले ७९ अर्व डलर रेमिटेन्स भित्र्याएकोछ । चीनले ६७ अर्ब डलर भित्र्याएर दोश्रो भएको छ । मेक्सिकोले ३६ अर्ब डलर भित्र्याएर तेश्रो तथा फिलिपिन्सले ३४ अर्ब डलर भित्र्याएर चौथो स्थान लिएकोछ ।

नेपालले ८.१ अर्ब डलर (९०१ अर्ब रुपैयाँ) भित्र्याएको विश्व वैकले वताएकोछ । सो रिपोर्ट अनुसार नेपालले भित्र्याएको यो रकम कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत रहेको छ । यो अनुपात दक्षिण एशियामा सवभन्दा धेरै हो ।

यसको अर्थ नेपालको रेमिटेन्समा निर्भरता सवभन्दा धेरै छ भन्ने हो ।

सन् २०१८ मा विश्वभरीका सबै देशहरुमा गरी ६८९ अर्ब डलर रेमिटेन्स भित्रिएको थियो । अघिल्लो वर्ष यो रकम ६३३ अर्ब डलर थियो ।

सन् २०१८ मा उच्च आय भएका विकसित देशहरुमा १६० अर्ब डलर रेमिटेन्स भित्रिएको थियो भने न्युन र मध्यम आय भएका देशहरुमा ५२९ अर्ब डलर भित्रिएको थियो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्