Logo
Logo

पाथीभराको दर्शन गर्न हिडेका तीर्थयात्री चढेको जिप दुर्घटनामा ११ जना घाइते


- दृष्टि न्युज/संवाददाता


ताप्लेजुङ , २७ चैत्र ।

ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा उक्त सङ्ख्यामा तीर्थयात्री घाइते भएका हुन् ।
जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य रहेका र उहाँहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको छ ।

घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका पनि प्रहरीले जानकारी दिएको छ । उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्