Logo
Logo

एन्फा उपाध्यक्षमाथि छानविन गर्न प्रशिक्षक अलमुताइरीकाे निवेदन


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् ।

एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको जानकारी दिएका हुन् ।

नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।त्यसपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि गएका छैनन् ।

त्यसअघि एक खेलकुद अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा चुरोट खाएको विषयमा प्रश्न गर्दा प्रशिक्षकबाट राम्रो व्यवहार नभएको भन्दै पत्रकारले समेत एन्फामा छानविन गर्न पत्र बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्