Logo
Logo

पार्टी एकताका लागि नेपाल पक्ष आन्तरिक छलफलमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसंग छलफलमा जुटेका छन् ।

बानेश्वरमा भईरहेको छलफलमा एमाले भित्रको विवाद र पार्टी एकताको बारेमा केन्द्रित रहेको छ । पछिल्लो समय पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली समूहबाट बिभिन्न प्रस्ताव आए पनि सहमती हुन नसकेको बेला नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरुसंग छलफल गरिरहेका छन् ।

छलफलमा सहभागि एक नेताका अनुसार १० बुँदे सहमती देखी ओली पक्षबाट आएका बिभिन्न प्रस्तावमा केन्द्रित भएर पार्टीलाई कसरी एकताबद्ध बनाउँन सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको छ ।

ओलीले पार्टीमा दोस्रो अध्यक्षको प्रस्ताव गर्दै पार्टी एकता गर्नुपर्ने बताएका छन् । तर नेपालले समान अधिकार सहितको अध्यक्ष हुनुपर्ने अडानमा रहेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीलाई कसरी एकताबद्ध बनाउँन सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रित भएको बताए ।

केही समय यता एमाले भित्रको विवाद बढदै गईरहेको छ । विगठित कार्यदलले १० बुँदे प्रस्ताव गर्दै पार्टी एकतालाई कायम गर्न सुझाव दिएका छन् । तर अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच अहिले ‘शितयुद्ध’ जारी रहेकाले पार्टी एकतामा ढिलाई भईरहेको छ ।

अध्यक्ष ओलीले पछिल्लो समय नेपाल पक्षका नेता डा.भीम रावल, सुरेन्द्र पाण्डेसंग छलफल गरेका थिए । यस्तै नेता नेपालले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसंग छलफल गरे थिए । छलफल पार्टीलाई एकताबद्ध बनाउँने बिषयमा केन्द्रित भए पनि सहमती जुटन सकेको छैन् । ओली र नेपाल एमालेमा समानान्तर गतिविधि गर्दै अगाडी बढीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्