Logo
Logo

भारतीय दुतावास अगाडी युवा संघद्वारा प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालल निकटको युवा संघ नेपालले दार्चुला तुईन घटनाको विरोधमा आज लैनचौरमा प्रदर्शन गरेका छन् ।

काठमाडौं लैनचौर स्थित भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गर्दै उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दाबाद’ जस्ता कडा नारा लगाएका छन् ।

तस्वीर : अनलाइन खबर डट कम

गत शुक्रबार दार्चुलामा तुईन तरेर सदरमुकाम खलंगातिर आउँने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटिदिदा ३५ बर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर वेपता भएका थिए ।

भारतीय सीमा सुरक्षा बलले तुईन काटिदिदा धामी बेपता भएकाले विरोध प्रदर्शन गरिएको संघका उपमहासचिव एवं प्रवक्ता संञ्जिव राईले बताए । घटनाको छानबिन गरी दोषीलाई यथाशिघ्र कारवाही गर्नुपर्ने माग युवा संघले उठाएको छ ।

‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्दर गर, जयसिंह महराको मृत्यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्यवस्था गर’ लगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्