Logo
Logo

थप ३ हजार १२५ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २७९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३१ हजार ६२९ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्