Logo
Logo

फ्लोर क्रस गर्ने चार एमाले सांसदको कारवाही सदर


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेक्रममा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पार्टीले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले चार सांसदलाई पार्टीले गरेको कारबाही निर्णय सदर गरेको हो । सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेश आफैले खारेज गर्दै ओलीको भ्याकेटमा फैसला गरेको हो ।

कर्णाली प्रदेशसभाका सांसदहरु प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले ‘फ्लोर क्रस’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्