Logo
Logo

प्रशिक्षक अलमुताइरीले मागे माफी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन् ।

केही समय अघि सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएकका थिए।

त्यसपछि मुख्य प्रशिक्षक अलमुताइरीले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए।

‘मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्