Logo
Logo

जग्गा विवादमा संलग्नता छैन: महासचिव पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ चैत्र ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैह्र कानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाएका छन् ।

महासचिव पौडेलले आज विज्ञप्ति जारी गर्दै २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित र प्रशारित भएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्